• २०८३ बैशाख ९ गते बुधवार

बालकोटमा एमाले सचिवालय बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस