• २०८३ बैशाख ८ गते मङ्गलवार

माकलबारीमा सेञ्चुरी बैंकको नयाँ शाखा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा वैशाख ७ गतेदेखि गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी माकलबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीको उपस्थिति रहेको थियो। माकलबारी शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रूपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रूपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। उक्त मुनाफा गतवर्षको सोहीअवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो। बैंक पहिलो पटक खुद मुनाफा १ अर्ब रूपैयाँ कटाउन सफल भएको छ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको कुल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस