• २०८३ बैशाख २६ गते शनिवार

विकासको गतिमा लम्किदै भगवतीमाइ गाउँपालिका

जितेन्द्र थापा पढ्न लाग्ने समय : ७ मिनेट

चैत ७, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि तीन घण्टामा दैलेख सदरमुकाम पुगिन्छ । दैलेख जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन । त्यस मध्येको एक गाउँपालिका भगवतिमाई गाउँपालिका । पूर्व र उत्तरमा जाजरकोट जिल्ला, पश्चिममा नारायण नगरपालिका र नौमुले गाउँपालिका पर्दछ भने दक्षिणमा डुङ्गेश्वर गाउँपालिका पर्दछ । यस गाउँपालिकामा ७ वटा वडाहरु (क्रमश पगनाथ, रुम, मेहेलतोलि, जथनाथ, कट्टि र वडाभैरव रहेका छन । मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ ।

बि. सं २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको घरधुरी संख्या ३३५९ छ, भने जनसंख्या १८७७८ रहेको छ । पुरुषको जनसंख्या ८९९६ छ भने महिलाको जनसंख्या ९७८२ (५२%) रहेको छ । सबै भन्दा धेरै क्षेत्रीको बसोबास (४२%) रहेको यस गाउँपालिकामा दोश्रो जनसंख्या विश्वकर्मा २७ प्रतिशत रहेको छ भने तेश्रो ठकुरी १६ प्रतिशत र चौथोमा ब्राह्मण जाति पर्दछ । यसका अतिरिक्त परियार ४ प्रतिशत र मगर एक प्रतिशत रहेको छ । चर्मकार तथा बादीहरुको जनसंख्या ज्यादै कम रहेको छ । परिवारको संख्या प्रति घर सालाखाला ५.६ जना पर्दछ । अधिकांश जनताहरु (करिब ९० प्रतिशत, जिल्ला कृषि विकास कार्यालय दैलेख २०७२÷७३) कृषि पेशमा आश्रित छन । यहाँका केही बासिन्दाहरु बैदेशिक रोजगार, जागिर, व्यापार, ज्याला मजदुरीमा संलग्न रहदै आएका छन ।

यहाँका कृषि उत्पादन अधिकांश कृषकहरुले धान, गहुँ, मकै, कोदो इतयादि परम्परागत ढंगले नै लगाई रहेका छन भने केही कृषकहरुले बिशेषत बजार तथा सडक संजालका नजिका कृषकहरुले भने आधुनिक ढंगले खेतीपाती गर्दै आएका छन । यस भेगमा खाद्यन्न, फलफुल (सुन्तला), तरकारी, मसला बाली, बाख्रापालन, आलुखेती, भट्टमास प्रचुर मात्रामा गर्दै आईरहेका छन भने, केरा, ओखर, मौरीपालन, टिमुर खेती, भैसीपालन आदि पनि केहीरुपमा गर्दै आएका छन । गाउँपालिका अध्यक्ष दान बहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी, बखत बहादुर खड्का प्रमुख प्रशासकिय अधिकृत रहेका छन् ।

स्थानीय सरकार नआउनु पहिले विभिन्न दुःख संघर्षसँग जुधिरहेका भगवतीमाइ गाउँपालिकाबासी स्थानीय सरकार आएपछि निकै राहत भएको छ । टोल टोलमा सडक, घरघरमा पानी, स्वास्थ्य उपचारका लागि स्वास्थ्य चौकी पाएका छन् । भगवतीमाइका नामबाट नामाकरण भएको भगवतीमाइ गाउँपाकिला पछिल्लो समय विकासको गतिमा लम्किदै गएको छ । सबै वडाहरुमा बाटो पुगेको छ । एक घर एक धाराको अभियान ल्याएर पत्येक घरमा धारा जडान गरेको छ । कृषि गर्ने कृषकलाई कृषिका सामाग्रि वितरण गरेका छन् । सातवटा वडा रहेको पालिकाका वडामा स्वस्थ्य भवन, वडा कार्यालय, खानेपानी कृृषिमा परिर्वतन भएको छ । बाटोघाटो नपुगेको ठाउँमा बाटो पुगेको छ । स्वास्थ्य भवन नभएको ठाउँमा पालिकाले स्वस्थ्य भवन निर्माण गरेको छ । घर आँगनमै गाडीहरु हुइकिन्छन् । पालिकामा रहेका पर्यटकीय स्थलहरुको संरक्षण गर्दै पर्यटक भित्रयाउने उद्धेश्यमा लागेको छ । पालिकाले आफ्ना जनतालाई सहज सुविधा पु¥याउनका लागि पालिकाको सातवटै वडामा सडक पुगिसकेको छ ।

कुन वडामा कति विकास
यताउती डाडाकाडा भएको र हिमालको फेदीमा रहेको अत्यन्त सुन्दर वडा भगवतीमाइ वडा नम्बर १

यहाँको वडाबासीको आफ्नै रितिरिवाज चालचलन छ । यहाँका वडा पुर्ण सरसफाई वडामा पनि पर्छ । पत्येक घर घरमा धारा जडान गरिएको छ । जुठेल्लो राख्ने चाङ्ग, सफा शौचालय र सुन्दर गाउँले भगवतीमाइ गाउँपालिकाको शोभा बढाएको छ । यहाँको वडामा ३२६ वटा धारा रहेका छन् । सातवटा मन्दिर रहेका छन् । जस्मा नयाँ मालिका, शिव मन्दिर, जगनाथ, मष्टा, दुधे मष्टो, जोगीदेव मन्दिर यहाँका नागरिकले मान्दै आएका देविदेवताका मन्दिर हुन् । यो वडा शैक्षिक क्रियाकलापमा पनि उत्तिकै अब्बल रहेको छ । यो वडामा अहिले विभिन्न माध्यामिक, प्राथमिक, निम्न माध्यामिक विद्यालय गरी पाँच वडा विद्यालय रहेका छन् । कृषिमा पनि उत्तिकै अघि बढ्दै गएको छ । यहाँका किसानका घरमा टर्नेलहरु रहेका छन् । विभिन्न तरकारी समेत उत्पादन गर्दै आएका छन् ।

भगवतीमाइ गाउँपालिका २
हिमालको फेदीमा रहेको यो वडाका पनि आफ्नै विशेषता छन् । सामान्य सिटामोलको लागि घण्टौ हिडेर र गर्भवती हुन नसक्दा बोकेरै दैलेख बजार बेस्तडा पु¥याउनुपर्ने बाध्यता हटेको छ । यहाँको वडामै अहिले सुविधासमपन्न भवन निर्माण भएको छ । वडामा स्वास्थ्यको सुबिधा सम्पन्न भवन निर्माण हुँदा आफुहरुलाई निकै सहज भएको यहाँका नागरिकहरु बताउँछन् । पहिले घण्टौ हिडेर बेस्तडा पुग्नुपर्ने हुन्थ्यो अहिले सहज भएको बताउँछिन् स्थानीय ।

यहाँको वडामा अहिले पाँचवटा विद्यालय रहेका छन् । मालिका प्राथमिक विद्यालय, कैलाश प्राथमिक विद्यालय, खड्कदेवी निम्न माध्यामिक विद्यालय, र महादेव माध्यामिक विद्यालय रहेका छन् । त्यस्तै यो वडामा मन्दिरहरुको संख्या पनि उत्तिकै धेरै छ । यहाँको वडामा १० वटा मन्दिरहरु रहेका छन् । कृषिमा पनि अघि बढ्दै गरेको यो वडामा १५ वटा कृषि टर्नेलहरु रहेका छन् ।

भगवतीमाइ गाउँपालिका ४
६ वटा विद्यालय, भगवती माध्यामिक विद्यालय, कालिका माध्यामिक विद्यालय, जगनाथ प्राथमिक विद्यालय, लक्ष्मि प्राथमिक विद्यालय, पोख्राखाल चौतारा मालिका प्राथमिक विद्यालय रहेका छन् । त्यस्तै यो वडामा मन्दिरहरुको संख्या पनि उत्तिकै रहेको छ । जगनाथ मनिदर, मष्टा मन्दिर, महाबै मन्दिर, चुलाकोट मालिका, कुले मष्टा, महाबै मन्दिर, कालिका मन्दिर, लगायत अन्य थुप्रै मन्दिर रहेका छन् । यो वडा पर्यटकीय रुपमा पनि उत्तिकै सुनदर छ । यहाँ विभिन्न गुफाहरु समेत रहेका छन् । चमेरे गुफा तुर्सु, भोटे ओढार गुफा, खोपे ओढार लगायतका गुफा समेत रहेका छन् ।

भगवतीमाइ गाउँपालिका ५
विद्यालय तीनवटा रहेका छन् । भगवती माध्यामिक विद्यालय, थुवा । सरस्वती माध्यामिक विद्यालय कट्टि, जनप्रीय, प्राथमिक विद्यालय चाक्ला रहेका छन् । त्यस्तै वडा वडा मन्दिरहरुले पनि भरिपुर्ण छ । यो वडामा आठवटा मन्दिरहरु रहेका छन् । कैलाश मनिदर,नारायण मन्दिर, महाबै मन्दिर, जगनाथ मन्दिर, मष्टा मन्दिर, रहेका छन् । पर्यटकीय रुपमा पनि अत्यन्त सुन्दर रहेको यो वडा पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै भरिपुर्ण रहेको छ । रानीबन गुफा, सहरे गुफा, यही वडामा पर्ने अत्यन्त सुन्दर र थुप्रै पर्यटकीय सम्भाव्यता बोकेका वडाहरु हुन । पर्यटकीय मात्र नभएर यो वडा कृषिमा पनि उत्तिकै अघि बढ्दै गएको छ । स्थानीय सरकार गाउँ गाउँमा पुगे पश्चात् यहाँका नागरिक कृषिमा पनि आत्मनिर्भर हुँदै गएका छन् । अहिले यो वडामा ३६ वटा टर्नेल रहेका छन् ।

भगवतीमाइ गाउँपालिका ६
भगवतीमाइ गाउँपालिका वडा नम्बर ६ पनि कुनै वडाभन्दा कम छैन । यो वडाका आफ्नै विषेशता रहेका छन् । यो वडामा चार वटा विद्यालयहरु रहेका छन् । नेपाल राष्टिय आधारभुत विद्यालय, आदर्श आधारभुत विद्यालय, लक्ष्मि प्राथमिक विद्यालय, जनता प्राथमिक विद्यालय रहेका छन् । यहाँको वडा पनि विभिन्न देविदेवताहरुको मन्दिरहरुले भरिपुर्ण छ । मालिका मनिदर बुरुसे, महाबै मनिदर, मष्टा मन्दिर, रमला मन्दिर, मष्टा, महादेव लगायतका थुप्रै मनिदर रहेका छन् । यो वडा पनि पर्यटकीय रुपमा निकै सुन्दर रहेको छ । हिमालको फेदीमा रहेको यो वडा फागुन चैत्रमा यहाँ लालीगुँरास फुलेर वनै ढकमक्क भएको हुन्छ । विभिन्न समयमा हिमालमा हिउँ परेर रातीको समयमा गाउँनै टलल… टल्केको हुन्छ । साँझमा उज्यालो पारेको हुन्छ । यति मात्र यहाँको विशेषता होइन । धौले गुफा, भोटेले खोपेको गुफा, ब्याउलेपानी पनि यहि वडामा पर्छ । कृषिमा सबैभन्दा धेरै उन्नती पनि यहि वडामा रहेको पाइन्छ । कृषिमा पनि हन्य वडा भन्दा यो वडामा कृषि कर्ममा जुटेकाको संख्या धेरै छ । अहिले यो वडामा ७६ वटा प्लाष्टिक टर्नेलहरु रहेका छन् ।

भगवतीमाइ गाउँपालिका ७
हिमालको फेदीमा रहेको भगवतीमाइ गाउँपालिका ७ भौगोलिक दृष्टिमा अत्यन्तै सुन्दर र मिलेको छ । हिमालको काखैमा शिरद्धारी र त्यहि शिखरद्धारी मन्दिरको पाउमा परेको यो वडामा साविकका सबै वडाहरुमा सडक संजालले छोएको छ । स्वास्थ्य शिक्षा, खानेपानी,कृषिमा अब्बल बन्दै गएको छ । वडाको कामसँगै यहाँका वडा अध्यक्ष कृषिमा क्रान्ति गर्नुपर्छ भन्ने सोचले आफै कृषिमा होमिएको पाइन्छ । जुन कुरा पनि आफुबाट सुरुवात गर्नुपर्छ अनिमात्र अरुले सिक्छ भन्ने धारणा यहाँका वडा अध्यक्षको रहेको छ । यहाँ प्राथमिक र आधारभुत र मावि गरेर पाँचवटा विद्यालय रहेका छन् । नेपाल राष्टिय प्राथमिक विद्यालय कैलाश डाडा, नेपाल राष्टिय आधारभुत विद्यालय तप्लुङ, जनता प्राथमिक विद्यालय दुनी, भैरव माध्यामिक विद्यालय खोर, नेपाल राष्टिय प्राथमिक विद्यालय पानीमुन मा यहाँका विद्यार्थी अध्यनरत गर्छन ।

त्यस्तै यहाँको वडामा देविदेवताका मन्दिर पनि उत्तिकै छन् । यहाँका वडाबासी भगवतीमाइ मन्दिर, बडाभैरव मन्दिर, जगनाथ मन्दिर, मष्टो,देउती मन्दिर, रमला बज्यै, महाबै, भागिरा मस्टो लगायतका थुप्रै मठमन्दिरहरु रहेका छन् । स्थानीय सरकार नआउनु पहिले शिक्षा, स्वास्थ्य, र खानेपानी नपाएका यहाँका जनताका लागि स्थानीय सरकार आएपछि धेरै परिर्वतन भएको पाएका छन् । यो वडा पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै सम्भावना बोकेको ठाउँ हो । शिखरद्धारी घोडा दाउनी गुफा, चमेरो गुफा यहि ठाउँमा पर्छन । पर्यटकीय दृष्टिकोण र कृषिका दृष्टिकोणले पनि यो ठाउँ उत्तिकै उब्जनी योग्य रहेको छ । यहाँका मानिसहरु अहिले सिजनअनुसारका विभिन्न तरकारी फलाएर गाउँमा र बजारमा पठाउदै आएका यहाँका स्थानीय बताउँछन् । यो वडामा २५ वडा प्लाष्टिक टर्नेलहरु रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस