• २०८३ बैशाख १६ गते बुधवार

गठबन्धनको कू–नियतप्रति गम्भीर असहमति : महासचिव पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्ली इलेक्सनप्रति पार्टीको असहमति नभएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले नयाँ जनादेश एमालेको चाहना भए पनि विभिन्न वहनामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कू–नियतप्रति भने गम्भीर असहमति रहेको बताएका हुन् ।


उनले फेसबुकमा लेखेका छन्, “नेकपा (एमाले)को असहमति अर्ली इलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा (एमाले)को चाहना नै हो,” “तर विभिन्न वहनामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठवन्धनको कू–नियतप्रति भने नेकपा (एमाले)को गम्भीर असहमति रहेको छ ।”

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस