• २०८३ जेष्ठ १८ गते सोमवार

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

सबै नागरिकमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान जारी रहेको उहाँको भनाइ छ । प्रधानमनत्री देउवाले विगतमा चैत मसान्तसम्ममा सबै नागरिकमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइने गरिएको प्रतिबद्धता अनुरुप सो अभियान अघि बढेको बताउनुभयो ।

खोप अभियानका लागि संघ, प्रदेश र केन्द्र लगायतका तीनै तहका सरकारले प्रभावकारी समन्वय गरिरहेको उहाँको भनाइ छ ।

सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति रहनुभएका उहाँले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएको थियो । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको छ ।

सम्बोधनका क्रममा उहाँले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको बताउनुभयो । सम्बोधनमा उहाँले कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताउनुभयो ।

कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको उहाँले बताउनुभयो । जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सामाजिक क्रियाकलाप एवम् नियमित कायरु सुचारु गरिएको उहाँको भनाइ छ।

प्रधनमन्त्री देउवाले अहिलेको अवस्थामा अग्रभागमा रहेकालाई बुष्टर डोज उपलब्ध गराइएकोमा आगामी दिनमा बालबालिका, वृद्धवृद्धा एवम् सबैमा यो खोपको उपलब्धता गराइने बताउनुभयो । ‘विद्यालयका छात्रछात्रालाई पनि समयमै खोप उपलब्ध गराउने र औषधिहरु सहजरुपमा उपलब्ध गराउने प्रबन्ध मिलाइएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

बालबालिकालाई खोपको अभियान छिट्टै प्रारम्भ हुने उहाँले बताउनुभयो सरकारले कोभिड–१९ तथा नयाँ संक्रमणहरुको चुनौती सामना गर्न सरकारी अस्पतालको पूर्वधारमा सुधार गरेको उहाँको भनाइ छ । ‘कोभिड–१९ नियन्त्रण गर्दै नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिइएको छ’, उहाँले भन्नुभयो, ‘सामाजिक क्रियाकलापमा पनि अपेक्षित गतिविधि भएको छ ।’

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/01/Adress-by-RH-PM-to-Nation-review.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस