• २०८३ असार १७ गते बुधवार

प्रेस युनियन मुगुका पत्रकार लाई ज्याकेट

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

साउन ११ मुगु । नेपाल प्रेस युनियन केन्द्रिय कार्यालयका २ व्यक्तिले नेपाल प्रेस युनियन शाखा कार्यालय मुगुका पत्रकार लाई ज्याकेट, मास्क र सुरक्षा सामग्री सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले गर्दा विश्व नै आक्रान्त भईरहेको छ ।

यस समस्या लाई मध्येनजर गर्दे नेपाल प्रेस युनियनका सल्लाहकार एवं पूर्व केन्द्रीय महासचिव शिव लम्साल र केन्द्रीय सचिव खिला कार्कीको सयुक्त पहलमा प्रेस यूनियन मुगुसँग आवद्ध क्रियाशील पत्रकारहरुलाई प्रेस ज्याकेट तथा सुरक्षा सामग्री उपलब्ध गराइएको नेपाल प्रेस युनियन मुगुका अध्यक्ष विनोद कुमार मल्लले बताए ।

एकातिर कोभिड–१९ ले विश्वनै आक्रान्त भईरहेका अवस्थामा हिमाली जिल्ला मुगुमा काम गर्ने क्रियाशील पत्रकारको सुरक्षालाई आत्म साथ गर्दै ज्याकेट तथा माक्स लगायतका सुरक्षा सामग्री उपल्बध गराईएको नेपाल प्रेस यूनियनका पूर्व केन्द्रीय महासचिव शिव लम्सालले जानकारी दिए । केन्द्रबाट उपलब्ध भएका ज्याकेट र नेपाल प्रेस यूनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापाको पहलमा उपलब्ध गराउनु भएको माक्स लगायतका सुरक्षा सामग्री आइतबार एक कार्यक्रमका बिच अध्यक्ष मल्लले वितरण गर्नु भएको थियो ।

वितरण कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा आएर बन्दाबन्दी हटाएको भए पनि अझैं कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढीरहेकाले त्यसको रिर्पोटिङको लागि अग्रपंतिमा काम गर्ने पत्रकारहरुको लागि उपलब्ध सुरक्षा सामग्रीले घाउमा मलम लगाउने जतिको भएको मल्लको भनाई रहेको छ । ज्याकेट तथा माक्स लगायत सुरक्षा सामग्री पाएपछि पत्रकारहरु खुशी भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस