• २०८३ बैशाख ७ गते सोमवार

गुणस्तरहिन मह उत्पादन गर्ने “नतिजा प्याकेजिङ”का सञ्चालक श्रेष्ठ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

माघ ७, काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको बिशेष टोलीले काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

मह उत्पादन गर्ने ठाउँबाट ७ हजार ६ सय तयारी तथा कच्चा मह बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।

कुँवरका अनुसार श्रेष्ठले विगत सात वर्ष अगाडिदेखि श्रीमती रस्मिलाको नाममा ‘नतिजा प्याकेजिङ’ नामको कम्पनी सञ्चालन गरी मह बिक्री वितरण गर्दै आएका थिए । उनले नतिजा प्याकेजिङको नाममा दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्दै आएका थिए।

श्रेष्ठले मह बनाउँदा ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चापदार्थ मिसावट गर्ने गरेको खुलेको छ।

स्पर्श हनी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा बरमहल काठमाडौंमा परीक्षण गर्दा को मात्र नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र खान योग्य नरहेको खुलेको कुँवरले बताए ।

श्रेष्ठको पसलबाट ६०० किलो तयारी मह, ६००५ सय किलो कच्चा र गुणस्तरहीन मह, ग्लुकोज ५०० किलो, चिनी १०० किलो, पेट जार १०० पिस, जोख्ने मेसिन, सिल मेसिनलगायत बरामद भएको छ।

श्रेष्ठलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस