पुष ५, झापा। झापामा मंगलवार हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं.१ का ३७ वर्षीय जगत बहादुर भुजेलको अपरान्ह ४ बजेतिर हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय झापाका अनुसार पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँस दाउरा गरी फर्केने क्रममा हात्तीले आक्रमण गरेको हाे । सामुदायिक वनसँग जोडिएको यज्ञ ओलीको खेतबारीमा आएको जंगली हात्तीले आक्रमण गर्दा भुजेलको घटनास्थलमा नै मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।