• २०८३ जेष्ठ ५ गते मङ्गलवार

भदौ ३१ गते हुने वृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको तयारी बैठक सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । नेकपा एमाले केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठिनमा राष्ट्रिय युवा संघ नेपाल तथा अनेम संघका कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । भदौ ३१ गते हुने वृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको तयारी स्वरुप बैठक बसेको हो ।

उक्त बैठकमा भदौ ३१ को कार्यक्रम तयारीको लागि नेकपा एमाले केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई तथा नेकपा एमाले काठमाडौं जिल्ला सचिव एवं बागमती प्रदेशका सांसद दिपक निरौला एवम राष्ट्रिय युवा संघ नेपालका उपमहासचिवले सबै कार्यकर्ताहरु लाई कार्यक्रमको विषयमा जानकारी दिनु भएको थियो ।

May be an image of 5 people, people sitting, people standing and indoor .

भेलामा जिल्ला अध्यक्ष राईले स्वयंसेवक परिचालनको जिम्मेवारी राष्ट्रिय युवा संघ नेपाल काठमाडौं जिल्लाका अध्यक्ष सन्तोष अर्याल र अनेम संघ काठमाडौं जिल्लाका अध्यक्ष सरिता दाहालको नेतृत्वमा रहने पनि बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस