• २०८३ बैशाख ४ गते शुक्रवार

मुख्यमन्त्रीको राजीनामापछि कार्यसूची परिवर्तन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, रुपन्देही । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सचिव दुर्भककुमार पुन मगरले मुख्यमन्त्री राजीनामा दिए पनि बैठक बस्ने तर अविश्वासको प्रस्तावको विषय चाहिँ टुङ्गिएको बताए ।

यस अघि मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची रहेको थियो । वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन उनीहरुले समावेदन गरेका थिए । तर आज मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि राजनीतिले अर्को मोड लिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस