• २०८३ बैशाख ७ गते सोमवार

आजको मौसम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, काठमाडौँ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू(भागका धेरै स्थानहरूमा र अन्य भू(भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू(भागका धेरै स्थानहरूमा र अन्य भू(भागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू(भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू(भागमा सरदरको आसपास अवस्थित रहेको छ । देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस