• २०८३ जेष्ठ २९ गते शुक्रवार

आज नेप्से दोहोरो अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, काठमाडौं । आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १ अंकले घटेको छ ।

आज दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस