• २०८३ बैशाख १८ गते शुक्रवार

हुथी विद्रोहीद्वारा गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणमा पाँचको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, ऐजेन्सी। यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरुले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।


सो शहरमा शनिबार हुथी विद्रोहीहरूले शक्तिशाली मिसाइल आक्रमण गरेका थिए । त्यस क्रममा पाँच जना सर्वसाधारणको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
एकजना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार सो मिसाइल शहरको एक बस्तीमा खसेको र त्यसको विस्फोटबाट कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताएका छन् ।
यस हिंसात्मक घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस