• २०८३ जेष्ठ ३१ गते आइतवार

यार्सागुम्बा र भालुको पित्त सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, कञ्चनपुर । प्रहरीले यार्सागुम्बा र भालुको पित्त सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले कृष्णपुर नगरपालिका-५ वनदेवी मन्दिर नजिकबाट ५ सय २४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्त सहित जुम्ला कन्कासुन्दरी गाउँपालिका-६ स्थायी घर भई हाल कैलाली गोदावरी नगरपालिका(२ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कर्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई २४ ग्राम यार्सागुम्बा र भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा निजको कोठा तलासी गर्दा थप ५ सय ग्राम यार्सागुम्बा फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस