फागुन ८, काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाउनु भएको छ । रावलले प्रमुख प्रतिक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको जनाउनु भएको हो ।

एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै एमसीसी टेबल गरिनु गलत रहेको रावलको भनाइ रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीका बाबजुद बैठक सुरू भएको हो । आजको बैठकमा एमसीसी सम्झौता टेबल हुनेलगायतको कार्यसूची रहेको छ ।