• २०८३ जेष्ठ २९ गते शुक्रवार

सभामुख सरकारको प्रतिरक्षा र विपक्षीसँग बहसमा उत्रिएको एमाले महासचिवको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९,  काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख डिपी अर्याल सरकारको प्रतिरक्षा र विपक्षीसँग बहसमा उत्रिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरुनै भएकाले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ‘सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस