• २०८३ बैशाख १० गते बिहिवार

नेप्से परिसूचक २३ अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं। आज सेयर बजार परिसूचक नेप्से २३.५१ अंकले घटेर २ हजार २५०.९१ अंकमा झरेको छ ।आज बजारमा २१९ कम्पनीका ३७ लाख ९८ हजार २६३ कित्त्ता सेयर २३ हजार ५६९ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ३० करोडमा सीमित भयो ।

कुल कारोबार भएका २१९ मध्ये बिहीबार १६९ कम्पनीको सेयर मूल्य घटे भने १९ वटा मात्रै कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ७.४५ प्रतिशतले सबैभन्दा धेरैले बढ्यो भने मैलुङखोला जलविद्युत्, एनएमवी हाइब्रिड फण्डको सेयर मूल्य २ प्रतिशतले बढे ।

यता लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर धनीले बजारबाट ठूलो मात्रामा गुमाउने पुगे । सो कम्पनीको सेयर मूल्य ७.०८ प्रतिशतले घटेको थियो । यस्तै दोस्रो बजारमा धेरै गुमाउने अन्य कम्पनीहरुमा युनियन हाइड्रोपावर, सूर्योदय लघुवित्त, श्री इन्भेष्मेन्ट लगायत रहे । कम्पनीको सेयर मूल्य कम्तीमा ५ देखि ४ प्रतिशतसम्मले घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस