• २०८३ बैशाख १४ गते सोमवार

आजकाे माैसम : थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं। नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ ।

प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।
बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस