• २०८३ बैशाख २४ गते बिहिवार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ ।बैठकबाट अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने सो नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आउनुभएको छ ।

सो पार्टीका महासचिव डा. वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस