• २०८३ बैशाख ८ गते मङ्गलवार

नागरिकताबाहेकका विषय कार्यसूचीबाट हटाइयाे, विधेयकमाथि दफावार छलफल सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ६, काठमाडौं । प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ ।

प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएकाे हाे ।

शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएकाे थियाे । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएकाे हाे ।

अहिले नेपालकाे नागरिकता (पहिलाे स‌ंशाेधन) विधेयक २०७९ माथिकाे दफावार छलफल चलिरहेकाे छ ।

Avatar

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस