• २०८३ असार ४ गते बिहिवार

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, सप्तरी । प्रहरीले स्रोत नखुलेको नगद सहित सप्तरीबाट २ जनालाई पक्राउ गरेको छ । प्रहरीले राजबिराज नगरपालिका-५ स्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ९० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा डाक्नेश्वरी नगरपालिका-५ बस्ने ३० वर्षीय राजेश चौधरी र शम्भुनाथ नगरपालिका-१२ बस्ने २४ वर्षीय दिलिप मण्डल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक राजेश र मोटरसाइकलमा सवार दिलिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस