• २०८३ जेष्ठ ४ गते सोमवार

पार्टिभित्र समावेशीको नारा बाहिर षड्यन्त्र : महिलाले अध्यक्षमा दाबी गरेकै कारण आफ्नैले बिरोध गरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ५, सुर्खेत ।नेकपा एमाले निकट अखिल महिला संघको केन्द्रिय सदस्य लक्ष्मि देवि शाहले समावेशी नारामै सिमित रहेको बताएकि छन् । पार्टिभित्र समाबेशीको नारा बाहिर षड्यन्त्र रचेर महिलालाई नै पछाडी पार्ने चलन हाबी रहेको बताइन् । एमाले ठाटीकाँधको पालिका उम्मेदवारको टुंगो लगाउने प्रसङ्ग जोड्दै शाहले भनिन्, ‘समाबेशी भनेकै कारण ठाटीकाँध गाउँपालिका अध्यक्षको दाबी गरेको थिए । आफ्नै मान्छेहरु महिलाविरुद्ध खनिए ।’

गएको स्थानीय तहको निर्वाचनबाट धेरै महिलाहरु उपाध्यक्ष र नगर उप(प्रमुख भएर स्थानीय तह संचालन गरेका थिए । अहिले एउटा महिलाले गाउँपालिका अध्यक्ष पदमा दावी गर्दा प्रक्रिया बाटनै आउट गर्ने षड्यन्त्र भएको शाहले बताइन् । पालिकाको अध्यक्षमा महिलाले दाबी गर्दै गर्दा सहयोग पाउनुपर्ने हो,’शाहले भनिन्, ‘यहाँ सहयोगको साटो उल्टै आफ्नै परिवारभित्रका सदस्यहरुले पनि प्रक्रिया बाटै नै बाहिर हुने सल्लाह दिनुभयो ।’

घर परिवारकोले असहयोग गरे गरे आफ्नै श्रीमानले पनि बाहिर बस्न र उम्मेदवारी फिर्ता गर्न आग्रह गरेको बारम्बर आग्रह गरेको गुनासो गरिन् । हाम्रो देशमा अझैपनी समावेशी लोकतन्त्रको अभ्यास सहि ढङ्गले हुन नसकेको र महिलाप्रति हेर्ने दृष्टिको परिर्वतन नभएको शाहको भनाई छ । अझैपनी महिलालाइ अगाडि आउन नदिने तत्वहरु संगठित रुपले सक्रिय छन्,’उनले भनिन्, ‘यस्तो कुरामा हाम्रो पाटी नेकपा समयमै सोच्न आवश्यक छ ।’

यता नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष बिनोद कुमार शाहले श्रीमतीलाई अध्यक्षमा सिफारिस गर्न ठाटीकाँधमा नबसेको बताए । ठाटीकाँध घरमा आमा बिरामी भएका कारण ठाटीकाँधमा पुगेको थिए सुर्खेत फर्किसके,’उनले भने, ‘मैले नत श्रीमतीलाई जिताउन ठाटीकाँध गएको हुँ । मैले श्रीमतीलाई अध्यक्षमा दाबी नगर भनेको हो । उनी पनि पार्टिमा लागेको झण्डै ४० वर्ष भयो उनको पनि दाबी गर्ने अधिकार होलानी । कि सधैभरि पार्टिको सेवा मात्र गरेर बस्ने ? ।’

यता ठाटीकाँध गाउँपालिका एकजना अध्यक्षका दाबेदारले शाहकी श्रीमतीले चुनाव हार्ने त्रासका कारण उनी त्यहाँ बस्दै आएको र श्रीमती अध्यक्ष बनाउन लागि परेको एक आरोप छ ।

Sharing

प्रतिक्रिया दिनुहोस