पुष २, काठमाडौं । तारकेश्वर नगरपालीका तथा मनमैजू सांस्कृतिक समाजको आयोजनामा मसांसको तेस्रो प्रस्तुतिको रुपमा हालै तारकेश्वरका बिद्यालयहरु बिच “लोकनृत्य प्रतियोगिता- २०७९” सम्पन्न भयो । कार्यक्रम- सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को प्रेक्षालय, जमलमा २०७९ मंसिर २९ गते सम्पन्न भएको थियो ।
मसांस अध्यक्ष लोक गायक ध्रुबराज खड्काको सभाध्यक्षतामा शुरु भएको यस कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति तथा वरिष्ठ रंग तथा चलचित्र कर्मी हरिहर शर्माले गर्नु भएको थियो भने कार्यक्रममा बिशेष उपस्थितिको रुपमा तारकेश्वर नगरपालीकाका प्रमुख कृष्णहरी महर्जन तथा उप प्रमुख सृजना बुर्लाकोटी अर्यालको उपस्थिति रहेको थियो । यसै गरी संस्थाका पदाधिकारीहरू, मुल समिति प्रमुख तारा केसी र समिति प्रमुखमा डा.घनश्याम पुडासैनी,स्कुलका प्रध्यानअध्यापक अविभावक र भाई बैनी उपस्थित सो कार्यक्रममा तारकेश्वर नगरपालीका प्रमुख कृष्णहरि महर्जनबाट पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा मनमैंजु सांस्कृत समाजका माहासचिव जनार्दन फुयालबाट प्रमुख अतिथि, विषेश अतिथि र अतिथितिहरूलाई संस्थाको तर्फबाट स्वागत भाषण गर्नु भएको थियो ।यस कार्यक्रममा तारकेश्वर नगरपालीकाका सामुदायिक- ७ बिद्यालय सहित ३० बिद्यालयले सहभागिता जनाएकोमा ६ बिद्यालयले बाजि मार्न सफल भएका थिए ।
तारकेश्वरका नगर प्रमुख र उप प्रमुखबाट उत्साह एबं रुचि पुर्वक अबलोकन गरिएको यस प्रतियोगितामा पुरस्कृत हुने बिद्यालयहरुमा क्रमश नर्थ भ्याली ई. स्कूल तारकेश्वर- ६ प्रथम, एन्जल हार्ट एजुकेशन एकेडेमी फाउन्डेसन तारकेश्वर- १० द्धितिय, सनफ्लावर एकेडेमी स्कूल तारकेश्वर- ६ तृतिय, कौशल ई. स्कूल तारकेश्वर- ८ सानत्वना, ग्रामसेवा मा.बि. तारकेश्वर- ६ सानत्वना र पद्मचक्र स्कूल तारकेश्वर- ७ सान्तवना रहेका थिए ।
पुरस्कृत हुने बिद्यालयहरुले क्रमस ३५,०००/, २५,०००/, १५,०००/, र शान्त्वना पुरस्कार बिजेता ३ बिद्यालयलाई १०/१० हजार नगद तथा बिजेता बिद्यालय र बिद्यार्थीहरुलाई प्रमुख अतिथिले तारकेश्वर नगरपालीका तथा मनमैजू सांस्कृतिक समाजको लोगो अंकित आकर्षक ट्रफि, पदक र प्रमाण-पत्र बितरण गर्नु भएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट नृत्य निर्देशक घोषित- युनाईटेड स्कलर्स एकेडेमी तारकेश्वर- २ काभ्रेस्थलीका यम गुरुंगले प्रमुख अतिथिबाट ट्रफि तथा प्रमाण-पत्र प्राप्त गर्नु भएको थियो ।
गायिका, मोडल तथा टि.भि. कार्यक्रम प्रस्तोता- शोभा त्रिपाठीले संचालन गरेकी यस कार्यक्रमको निर्णायकको भूमिकामा- रंगकर्मी, चलचित्र कर्मी तथा वरिष्ठ नृत्य निर्देशक- कृष्णभक्त महर्जन तथा वरिष्ठ नृत्य निर्देशक द्वय अनिता स्रेष्ठ र एलिजिबा पुर्जा पुनले गर्नु भएको थियो । यस प्रतियोगितामा उल्लेखनिय भूमिका (जिम्मेवारी) निर्वाह गरेका मसांस कला समिति तथा कार्यक्रम ब्यबस्थापक- उत्तम अर्याल “कोदे”, नृत्य उप समितिका प्रमुख तथा कार्यक्रम संयोजक- निरेन श्रेष्ठ, समन्वयकर्ता- किशोर भण्डारी “डिट्ठा”, समकेशर नेपाल के.सी., कार्यक्रम ब्यबस्थापनका अश्मिता धमला (हमाल), रामकुमार “परिवर्तन” के.सी. लगायत सरिता सिल्पाकार तथा अनुप अर्यालले कदर-पत्र प्राप्त गरेका थिए ।
संस्थाका तर्फबाट अध्यक्ष र महासचिवले प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति तथा वरिष्ठ कलाकार हरिहर शर्मालाइ मसांसको तर्फबाट मायांको चिनो प्रदान गरिएको थियो ।



