• २०८३ बैशाख १३ गते आइतवार

काठमाडौं बारमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । काठमाडौं जिल्ला बार एसोसियनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो ।

शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा चयन भए । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।

यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए ।
महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।

Sharing

प्रतिक्रिया दिनुहोस