• २०८३ बैशाख ६ गते आइतवार

आजदेखि श्रीस्वस्थानी व्रत सुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ३, काठमाडौं । आजदेखि पौषशुक्लपक्ष पूर्णिमा अर्थात् श्रीस्वस्थानी व्रत सुरु भएकाे छ । माघ महिनाको स्नान सुरुको दिन हो । आजदेखि एक महिना अर्थात् माघशुक्लपक्ष पूर्णिमा ४ माघसम्म घरघरमा श्रीस्वस्थानी पाठ हुने गर्छ ।

काठमाडौंको साँखुस्थित शालीनदीमा विशेष मेला लाग्ने गर्छ । पुनवर्स नक्षत्र, वैधृति योग, चन्द्रमा मिथुन राशिमा छ । आज बिहान ६ बजेर ५८ मिनेटमा सूर्योदय हुनेछ भने साँझ ५ बजेर ३१ मिनेटमा सूर्यास्त हुनेछ । विस्तारै सूर्य अस्त हुने समय ढिलो हुँदैछ । आजको देवता दिती, ग्रहदेव गुरु रहेको छ । आज बिहान ८ः१६देखि ९ः३५ सम्मको समय राहुकाल रहेको छ भने ११ः५३ देखि १२ः३५ सम्म अभिजित मुहूत रहेको छ ।

सोमबारका दिन पूर्णिमा परेकाले देशभरका शिवालयमा मन्दिरमा दर्शनार्थीको घुँइचो लाग्ने गर्दथो । तर काेराेना महामारीका कारण आज विशेष दिनमा आफ्नो घरमा शिवालय सम्झेर पूजा आरधना गर्नु राम्रो हुनेछ । बिहानदेखि शुद्ध मन र चित्तबाट भोलेनाथको पूजा र श्रीस्वस्थानी माताको पूजा आरधना गर्नु बेस हुनेछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ । आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

एकतीस अध्याय रहेको यस कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ । कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस