• २०८३ असार ४ गते बिहिवार

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले जानकारी दिए । उक्त सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महतले सम्बोधन गर्दैछन् ।

बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस