• २०८३ असार ४ गते बिहिवार

आज नेप्से २० अङ्कले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको छ । आज होटल, निर्जीवन बीमा र म्युचुल फन्ड बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, अन्य, उत्पादन र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३१ कम्पनीका ४९ लाख ६७ हजार कित्ता शेयर दुई अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १५ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस