असोज २९, धरान । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिए पश्चात धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्।
मेयर साङपाङले सामाजिक संजाल फेसबुकमा ‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!,’ भनि स्टाटस लेखेका छन् ।
