• २०८३ बैशाख १० गते बिहिवार

सालकको खपटा बेच्दै गरेका दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपटा (अखेटोपहार) सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाँउपालिका-४ लाखुरेका ४० वर्षका रुक्मणबहादुर बुर्जामगर पाँचथरको मिक्लाजुङ गाँउपालिका-८ घर भइ अहिले काठमाडौंको टोखा बस्दै आएका २७ वर्षका भविन्द्रबहादुर मगर रहेका ब्यूरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । उनीहरुबाट साढे एक केजी खपटा बरामद गरिएको छ ।

ब्यूरोलाई कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको अखेटोपहार अवैधरूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको सीआईबीले बताएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस