• २०८३ बैशाख ३१ गते बिहिवार

हातहतियार सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, सुनसरी। ईनरुवा नगरपालिका-३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोली सहित हरिनगर गाउँपालिका-६ बस्ने २३ वर्षी फरियाद मियाँ अंसारी लगायत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त चोकमा हातहतियार बोकी मानिस हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस