असोज २७, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग बिदाइ भेट गरेकी छन् ।कार्यकाल सकेर स्वदेश फर्कन लागेकी राजदूत यान्छीले बिहीबार गृह मन्त्रालयमा मन्त्री खाणसँग बिदाइ भेट गरेकी हुन् । गृहमन्त्रीको सचिवालयका अनुसार खाँणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको भन्दै नेपालको एक चीनन नीतिमा ढुक्क रहन आग्रह गरेका छन् ।

“नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ । नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ,” गृहमन्त्रीको सचिवालयले मन्त्री खाँणको भनाइ उद्धृत गर्दै भनेको छ, “छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा नेपाल सरकार संवेदनशील छ ।”
भेटमा खाँणले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताएको सचिवालयले जनाएको छ ।