फागुन १ काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुखले संसद् सचिवालयमा सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । संसद्को अवरोध र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभामुखले सर्वदलीय बैठक बोलाउनु भएको हो,न्यौपानेले भने ।