पौष २९, काठमाडौं । आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।