• २०८३ बैशाख २८ गते सोमवार

फेरि बढ्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।

गत शुक्रबार दिन तोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाखमा कारोबार भइरहेको छ । गत शुक्रबार यसको मूल्य तोला ९९ हजार आठ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोला १० रुपैयाँले बढेको छ । जसअनुसार प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ । शनिबार भने चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा बारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस