• २०८३ बैशाख १६ गते बुधवार

एमाले सिन्धुपाल्चोक अध्यक्षमा :नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माध २८ काठमाडौ। नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नवौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उहाँ सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

जिल्ला कमिटीका उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रिन र चिरन तामाङ चयन हुनुभएको छ । यस्तै जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलका सदस्य सरेश नेपालले जानकारी दिनुभयो । सदस्यको पनि टुङ्गो लागेको नेपालले बताउनुभयो ।गत पुस २३ गते यहाँस्थित बाह्रबिसेमा नवौँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।

यसपछि विभिन्न कारण नेतृत्व चयन हुनसकेको थिएन । अध्यक्ष पदका लागि नेपालसहित केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस