• २०८३ जेष्ठ १ गते शुक्रवार

बेंगलुरूले दियो राजस्थानलाई १८४ को लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) काे आज भएकाे खेलमा रोयल्स च्यालेन्जर्स बैंगलुरुले राजस्थान रोयल्सलाइ १८४ को लक्ष्य दिएकाे छ । टस हारेर पहिला ब्याटिंग गरेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको हाे ।

विराट कोहलीले यस सिजनको आइपिएलको पहिलो शतक प्रहार गरेका छन् । विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । बैंगलुरुका लागि कोहलीले अविजित ११३ रन बनाए भने कप्तान फाफ डुप्लेसिसले ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थान रोयल्सका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले एक विकेट लिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस