पौष २७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ सय ४४ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३५ हजार ९ सय २७ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय १३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १४ हजार ७ सय ९८ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७ जना पुगेको छ ।