• २०८३ असोज २० गते मङ्गलवार

कालीकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २७,कालीकोट ।कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो ।

यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी कटकबहादुर मतले भन्नुभयो, “१२ देखि १७ वर्ष उमेर समूहका शत्प्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएका छौँ । खोप नियमित रुपमा लगाउने व्यवस्था गरेका छौँ ।”

जिल्लामा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ७० हजार ५४२ जना नागरिकलाई पहिलो र २९ हजार ३७५ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको उहाँले जानकारी दिनुभयो । खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोपसमेत लगाइने व्यवस्था गरिएकोे सूचना अधिकारी महतले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस