पुस २७,काठमाडौँ ।नेपाली सेनाले ३००औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा पुष्पहार अर्पण गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित संस्थापक प्रथम सेनापति राष्ट्रनिर्माताको सालिकमा कायम मुकायम प्रधानसेनापति बालकृष्ण कार्कीले माल्यार्पण र पुष्पहार अर्पण गरी सलामी र सम्मान सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गर्नुभयो ।
विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको हो ।
आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा उहाँले दिनुभएको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ ।
दिव्योपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र सशस्त्र सङ्ग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् ।
राष्ट्र निर्माताको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने क्रममा सेनाले यस वर्ष दिव्योपदेश प्रवचन, नालापानी चलचित्र प्रदर्शनी तथा कविता, हाजिरी जवाफ, चित्रकला र लेख÷रचना प्रतियोगिता आयोजना ग¥यो ।
सेनाले नेपाल राष्ट्र एकीकरणका सन्दर्भमा प्रयोग भएको मार्गमा गोरखाबाट काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’सहितको टर्च सैनिक मुख्यालयमा पु¥याएर विसर्जन गरियो ।सेना, स्थानीय जनता र विद्यार्थी सामेल पदयात्रा पुस २० गते गोरखाबाट सुरु भएको पदयात्रा धादिङ, नुवाकोट, नागार्जुन हँुदै सोमबार हनुमानढोका आइपुगेको थियो ।प्रत्येक वर्ष पुस २७ गते मुलुकभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष रुपमा साथ मनाइँदै आएको छ ।
श्रम र श्रमजीवी व्यक्ति समाजका निमार्णकता, समृद्धिका सम्वाहक भएकाले उनीहरुको माध्यमबाट मात्रै यो ठाउँलाई समृद्ध बनाउन सकिने इलाम नगर प्रमुख महेश बस्नेतको भनाइ छ । मजदूरको जीवनस्तर उकास्न र उनीहरुको काममा समेत प्रतिष्ठा बढाउन सरकार लाग्नुपर्ने भन्ने सन्देशका साथ मजदूरको मूर्ति चोकमा स्थापना गरिएको इलाम – ७ का वडाध्यक्ष नरेश श्रेष्ठको भनाइ छ । उहाँले गणतन्त्र केवल शब्दमा मात्रै नभइ व्यवहारमा पनि आएको जनाउँदै तत्कालीन राजाको शालिक रहने स्थानमा चिया मजदूरको सालिक निमार्ण गर्न सकिएको बताउनुभयो । यस सालिक भएको स्थानमा पहिला राजाको सालिक थियो । गणतन्त्र घोषणापछि सालिक हटाइएको थियो ।
इलाम नगरको सौन्दर्यीकरण बढाउन नगरपालिकाले विभिन्न राष्ट्रिय विभूति र अन्य चर्चित व्यक्तित्वको मूर्ति स्थापना गरेको छ । विभिन्न चोक तथा घुम्तीमा मूर्ति निर्माण गरिएको छ । कला र संस्कृति गजेर्ना गर्दै अरुलाई पनि प्रेरणा मिलोस भन्ने उद्देश्यले बजारका विभिन्न स्थानमा मूर्ति र प्रतिमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरको सौन्दर्यीकरणका लागि देशका ख्यातिप्राप्त व्यक्तित्वको सालिक स्थापनामा जोड दिइएको नगर प्रमुख महेश बस्नेत जानकारी दिनुभयो ।
नगरका विभिन्न स्थानमा दर्जनौं मूर्ति यहाँ राखिएको छ । यी मूर्तिहरुले जिल्लाको गौरव बढाएको यहाँ आउने पर्यटकले बताएका छन् । धेरैले पछिल्लो समय इलामलाई मूर्तिको सहर समेत भनेर भन्न थालेका छन् । नगरले पुरानो इलाम दरबारमा स्थापना गरिएको अरनिको सङ्ग्रहालयमा अरनिकोको सालिक राखेको छ ।
यहाँ संस्कृति झल्काउने पञ्चैबाजा बजाएको मूर्तिसमेत राखिएका छन् । साहित्यकार पारिजात, हाँस्य व्यङ्ग्यकार विष्णु नवीन, महानन्द सापकोटाको सालिक अलगअलग स्थानमा स्थापना गरिएको छ । त्यस्तै इलाम चियाबारीमा जातजातीको पोशाक झल्किने मूर्ति समेत राखिएको छ । मुर्ति स्थापना कार्यले ऐतिहासिक संस्मरण र विभिन्न व्यक्तित्वको सम्झना मात्र होइन पर्यटन, कला संस्कृतिको विकास हुने देखिन्छ ।
यसले जिल्लाको पहिचान मात्र नभइ भावी सन्ततिलाई समेत पूर्खाको सम्झना दिलाउने बताइएको छ । सालिक निर्माण गर्नेका परिवारका सदस्यलाईसमेत राम्रो काम गर्न र गराउन उत्प्रेरण जगाउने देखिन्छ । तर नगरपालिकाले निर्माण गरिएका सालिकको स्याहार भने गरेको पाइँदैन । सुरक्षाका लागिसमेत ध्यान दिएको पाइँदैन । पहिले केही सालिकको तोडफोडसमेत भएको थियो । निर्माण भएका शालिकको जगेर्ना गर्नु सबैको दायित्व हो ।