असोज २४, मुगु। मुगुमा गएको बुधवारबाट लगातार परेको वर्षाले छाँयानाथ रारा नगरपालिका–११ तलि सालिमामा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । गत १९ गते रातिबाट लगतार परेको बर्षाका कारण आइतबार दिउँसाे ३ बजे घरको माथिबाट आएको बर्षाका कारण छाँयानाथ रारा नगरपालिका–११ तलि सालिमका दुई घरका आठ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
छाँयानाथ रारा नगरपालिका–११ वडाध्यक्ष कुन्जुमा कुमाईका अनुसार हिजो आइतबार दिउँसो हजारी भग्रीको घरमाथिबाट पहिरो आउन थालेपछि उनको परिवार समानसहित छिमेकी मानबहादुर भग्रीको घरमा सारेका थिए । दुबै घरका परिवार एउटै घरमा बसेका बेला पहिरोले उनीहरुलाई बगाएको हाे ।
पहिरोमा पुरिएर मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–११ कि ८२ बर्षिया गौरीकला बोहोरा, १९ बर्षिया सुस्मिता भग्री, ३० बर्षिया होजाली भग्री, ५४ का बीरबहादुर भग्री, १५ बर्षिय चक्रबिर बोहोरा २० बर्षिय सक्कबहादुर सावत २० बर्षिय कृष्णा सावत ६० बर्षिया हाजीरा भग्री रहेका छन ।
आईतबार दिउँसो ३ बजे घट्ना भएको भए पनि दशै देखी जिल्ला भर संचार सेवा अबरुद्ध हुदा घट्ना जिल्ला प्रशासन तथा प्रहरीमा सोमबार बिहान १० बजे संचारले काम गरेपछी मात्र जानकारी आएको थियो । सर्बसाधरण मार्फत प्रशासन र प्रहरीमा घटनाको जानकारी आएपछि उद्दारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको २५ जनाको टोलीलाई बिहान ७ बजे घट्नास्थल तर्फ पठाइएको भए पनि घट्ना स्थलतर्फ जाने बाटो पुल सबै पहिरो र बाढीले बगाएपछी लामो बाटो भएर जानुपर्ने हुदा सुरक्षाकर्मिको टोली पुग्न कठिनाई भएको र घट्ना स्थलमा अहिले स्थानीयहरुले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभास हमालले जानकारी दिएका छन ।
बर्षातले खत्याड गाँउपालिका–९ को खोलीबाडा सोही वडाका देनबाडाका पुरै बस्ती बिस्थापित भई बिद्यालयमाम राखिएको छ । छाँयानाथ रारा नगरपालिकाको भामबाडा, ढुमा, कार्कीबाडा पिना, तुमा, बालै घुईर, झयारी, टोप्ला, कोटीलालगायत एक दर्जन बस्तीका सयौ घर परिवार बिस्तापित भएका स्थानीयहरुले जानकारी दिएका छन् ।