• २०८३ भाद्र ११ गते बिहिवार

करेन्ट लागेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, हेटौंडा। हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

हेटौंडा–१३ पदमपोखरीस्थित शिवशक्ति वर्कशप सञ्चालन गर्दै आएका गोलेको करेन्ट लागेर घाइते भएपछि उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु हो । घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस