• २०८३ बैशाख ४ गते शुक्रवार

सेनाले सशस्त्र प्रहरीलाई ६ सय थान हतियार हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरीलाई झन्डै ६ सय थान हतियार उपलब्ध गराएको छ ।सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय वटा र अन्य राइफल ९० थान गरी पाँच सय ९० थान हतियार प्रदान गरेका छन ।

सेनाले हतियारको साथमा हतियारमा लाग्ने विभिन्न सामग्री पनि प्रदान गरेको छ । गएको चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम सञ्चालन गर्नका लागि सेनाले १० हजार ६ सय थान हतियार उपलब्ध गराउने निर्णय गरेको थियो ।

पहिलो चरणमा सेनाले आज हतियार सशस्त्रलाई प्रदान गरेको हो । सेनाले नौ हजार थान इन्साफ राइफल र एक हजार ६ सय थान हल्का हतियार प्रदान गर्नेछ । बाँकी हतियार र सामग्री क्रमशः हस्तान्तरण गर्दै जाने र यसले सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि हुनुका साथै सुरक्षा निकायबीचको सम्बन्ध थप बलियो हुने सेनाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस