• २०८३ बैशाख ३१ गते बिहिवार

चीनमा कोरोना संक्रमितको संख्या बढ्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् ।

चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो । चीनभित्रै पनि यी संक्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस