• २०८३ बैशाख ५ गते शनिवार

सवारी दुर्घटनामा २ जनाको मृत्यु, २६ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, काठमाडौं ।  उदयपुर, कैलाली र सिन्धुलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित सडकमा प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–१ जोगिदह बस्ने २० वर्षीय भुपेन्द्र चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस