• २०८३ जेष्ठ २१ गते बिहिवार

बसपार्कमै पार्किङ गरिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६डोटी।जिल्लामा सञ्चालन हुने गाडी चालकले सडकमै पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै अहिले गाडी बसपार्कमै राख्ने निर्णय गरिएको छ ।


नगरपालिकाले पिपल्ला बजारमा लखौँ रकम खर्च गरेर बसपार्क निर्माण गरेको भए पनि उक्त बसपार्क व्यवस्थित नभएको र साघुँरो भएको भन्दै यातायात व्यवसायीले वर्षौदेखि आफ्ना गाडी सडकमै पार्किङ गर्ने गरेका थिए । यहाँका पहाडी जिल्ला अछाम र बाजुरा जाने सवारीसाधन पनि उक्त पिपल्ला बजार भएर जाने तथा यहाँका यातायात व्यवसायीले पनि सोही सडकमै गाडी पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटना हुनसक्ने स्थानीयवासीले बताए ।यहाँको स्थानीय प्रशासनले दिपायल, पिपल्ला लगायतका ठाउँमा सञ्चालन हुने सवारीसाधन अनिर्वाय बसपार्कमा पार्किङ गर्न लगाउन निर्देशन दिएपछि अहिले गाडी बसपार्कमा पार्किङ गरिन थालिएको दिपायल पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले बताउनुभयो । प्रशासनको आदेशपछि ट्राफिक प्रहरीले गाडी सडकमा पार्किङ गर्न रोक लगाउनुका साथै चारपाङ्ग्रे सवारी साधन सबै बसपार्कमा पार्किङ गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

ट्राफिक प्रहरीले यात्रुवाहक सवारी साधन अनिवार्य बसपार्कमा पार्किङ गराउनुपर्ने व्यवस्था गरेको छ भने सडकमा पार्किङ गर्नेलाई कारबाही गर्न थालेको छ । यसअघि सवारीसाधन दिनभरी सडकमै पार्किङ गर्ने र त्यहीँबाट ग्रामीण क्षेत्रका लागि नम्बर उठाउने तथा यात्रु लैजाने गर्नाले पिपल्ला बजारको सडकमा पार्किङको अवस्था अस्तव्यस्त बनेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस