• २०८३ बैशाख १६ गते बुधवार

टिपरको ठक्करबाट एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, काठमाडौं। काठमाडौँको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् ।

प्रहरीका अनुसार गएराति बा४ख ६८४३ नम्बरको टिपरले बा१ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका मोटरसाइकलमा सवार बझाङको फलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोबिघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस