• २०८३ असार १८ गते बिहिवार

नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा अधिकारी निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २५, पश्चिम नवलपरासी । नेकपा एमाले पश्चिम नवलपरासीको आठौ जिल्ला अधिवेसनबाट दीपेन्द्र कुमार अधिकारी निर्वाचित हुनुभएको छ । सहमतिको प्रयास असफल भएपछि हिजो २०७८ पौष २४ सम्पन्न निर्वाचनबाट ३३२ मतका साथ अधिकारी निर्वाचित हुनुभयो ।

कुल ५५७ जना प्रतिनिधि मध्ये ५४४ मत खसेकोमा उहाँका निकटतम प्रतिद्वंदी थान प्रसाद गैरेले १८५ मत प्राप्त गर्नुभयो । १०५ सदस्यीय कमिटीको लागी दुई वटा प्यानल नै बनाएर भएको निर्वाचनमा सम्पूर्ण पदाधिकारी सहित अधिकांश सदस्यमा अधिकारी समुहका ऊमेदवार विजयी हुनुभएको छ । अन्य पदाधिकारीहरू उपाध्यक्ष, सचिव, र २ उपसचिव मा क्रमशः डोलराज भण्डारी, धीरज शर्मा बस्याल, राजन आचार्य र रिंगला यादव विजयी हुनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस