• २०८३ बैशाख १५ गते मङ्गलवार

कविता : “प्राण रहेसम्म लड्छौ राष्ट्र”

गोबिन्द राज ओझा ९राजन० पढ्न लाग्ने समय : १ मिनेट

प्राण रहेसम्म लड्छौ राष्ट्र र राष्ट्रियताको लागि
सुस्ता, कालापानि र लिपुलेक नेपालमा छ देखाउनका लागि
एक मुठी सास रहुन्जेल , हामी निरन्तर लड्छौं
हाम्रो यो देशको भुमी, एक इञ्ची पनि छोड्दैनौं

सुघौली सन्धीका बारेमा पनि गम्भिर भएर सोच्नुपर्छ
कालापानि, लिपुलेक र लिम्पियाधुराको बारेमा सबैले सोच्नुपर्छ
सिमाको सुरक्षाको लागि सबै नेपालिमा एकता हुन पर्छ
आज सबैले नेपाल आमाको आशु पुछनुपर्छ

प्राण रहेसम्म लड्छौ राष्ट्र र राष्ट्रियताको लागि
सुस्ता, कालापानि र लिपुलेक नेपालमा छ देखाउनका लागि

ठेगाना :दिपायल सिलगढी न.पा.२ दिपायल, डोटी

Sharing

प्रतिक्रिया दिनुहोस