असोज २२, काठमाडौं । नेकपा एकीकृत (समाजवादी) तार्केश्वर नगर कमिटी नेकपा एमालेमा समाहित भएको छ । आज एक कार्यक्रमका बिच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले तारकेश्वर समाजवादीका सबै नेता कार्यक्रर्ताहरुलाई एमालेमा समाहित गर्नु भएको हो ।
नेकपा एमाले तारकेश्वर नगर कमिटीको आयोजनामा भएको विजया दशमी, शुभ दिपावली, नेपाल संवत एवम छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा नगर स्तरिय नेकपा एमाले र नेकपा एकिकृत समाजवादी बिच पार्टी समायोजन कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता कार्यक्रता एमालेमा समायोजन हुनुभएको हो । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका बाग्मती प्रदेश सदस्य उद्धव तिमल्सेना, राष्ट्रिय परिषद सदस्य मधु कार्की, जिल्ला कमिटी सदस्य रबिन्द्र केसी, नगर अध्यक्ष लब बस्नेत, लगायत सिङ्गो नगर कमिटी समायोजन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेकपा एमालेले मात्र जनताको लागि काम गर्ने भएकाले देश एमालेमय भएका बताउदैं सबैलाई एकमन लिएर चुनावमा लाग्न निर्देशन दिनुभयो । उहाँले संगठनको जेन एण्ड कमाण्डमा रहेर काम गर्न निर्देशन दिनुभयो । उहाँभन्नु भयोे “विगतले शिक्षा दिन्छ । राष्ट्रिय राजनीतिमा दुई ध्रुव रहेका छन् । एउटा एमाले र अर्को नेपाली कांग्रेस। गठवन्धनको कुनै नीति छैन कार्यक्रम छैन, कुनै गन्तव्य छैन, राजनैतिक स्थिरता भएन भने देश विकास हुँदैन, जित्ने र टिक्ने व्यक्ति नै उमेदवार हुन्छ ।”
नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले शुभकामना दिदैं मतभेद त्यागे एकठामा रहेर एमाले जिताउने अभियानमा जोडिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका बाग्मती प्रदेश सदस्य उद्धव तिमल्सेना, राष्ट्रिय परिषद सदस्य मधु कार्की, नगर अध्यक्ष लब बस्नेतले समायोजन प्रक्रिया र अबको नेकपा एमालेका बारेमा धारण राख्नु भएको थियो ।
