• २०८३ बैशाख २२ गते मङ्गलवार

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक गृह जिल्ला आउँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, झापा ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै छन्। प्रधानमन्त्रीबाट हटेपछि ओली मंगलबार पहिलो पटक झापा आउन लागेका हुन्।

ओली यति एयरलाइन्सको उडानबाट मंगलबार बिहान १० बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आउने र त्यसपछि बिर्तामोडस्थित सिटी सेन्टरको साई प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।  भेलामा स्थानीय तह, जिल्ला र केन्द्रीय स्तरको नेता तथा कार्यकर्ताहरूको सहभागिता जनाइएको छ।

अध्यक्ष ओली भदौ २७ गते झापा आउने कार्यक्रम तय भएको थियो। विशेष कारणले दुई दिनलाई कार्यक्रम पछि सारिएको एमाले झापाका सचिवालय सदस्य शिव ढुंगेलले जानकारी दिए ।

कार्यक्रमका लागि एमाले जिल्ला कार्यसमितिले सम्पूर्ण तयारी पूरा गरिसकेको उनले बताए। कार्यक्रममा सहभागीपछि अध्यक्ष ओली मंगलबार दिउँसो २ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस